काठमाडौँः काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा हत्या गरिएका मोरङ बेलवारी घर भएका १९ वर्षीय नवीन राई सहित चार जनाको सनाखत भएको छ । 

दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रहरीका अनुसार हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल   छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन्

घटनामा संलग्न रहेको आशंका प्रह्रीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटना स्थलमा तालिम प्राप्त कुकुर परिचालन गरी प्रहरीको बिषेश टोलीले घटनाको अनुसन्धान थालेको छ  । प्रहरीले हत्यामा संलग्नहरु चाँडै नै नियन्त्रणमा आउने बताएको छ ।  शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ ।