इटहरीः मोरङको विराटनगर महानगरपालिकामा लागुऔषध ब्राउनसगुरसहित इटहरी एक र धरान १ युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० वर्षीय सुसान्त रिजाललाई विराटनगर महानगरपालिकाको नम्बर १७ वडास्थित मटेरुवाबाट लागुऔषध ब्राउनसगुरसहित   पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

  लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  सोमबार मध्याह्न भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १(०२(०५२ प २७१७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा  लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।