काठमाडौः  जापानमा वैदेशिक रोजगारीमा पठाउने भनी दुई लाख ७० हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४५ वर्षीय राजकुमार गुरुङ र २८ वर्षीय उदय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर खोटाङ भई हाल काठमाडौँ मैतीदेवी बस्ने राज कुमार गुरुङ समेतले टेक प्रसाद गौतमलाई जापानमा कुकको कामका लागि १५ लाख रुपियाँ लाग्ने र त्यहाँ मासिक एक लाख रुपियाँभन्दा धेरै तलब हुने विश्वास देखाइ प्रलोभनमा पारेका थिए ।

पीडितबाट पटक–पटक गरी दुई लाख ७० हजार रुपियाँ रकम लिई मङ्गलबार घट्टेकुलोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।