इटहरीः मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा एक पुरुषको बेबारिसे शव फेला परेको छ ।

अनुहार सडिएको अवस्थामा भेटिएको बेबारिसे शवको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरीकार्यालय पथरिले सहयोगका लागि अपिल गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रमदेव शाहका मगलबार अनुसार दिउँसो १२ बजेको समयमा उक्त वन क्षेत्रको गोहीखोलामा अन्दाजी ४० वर्षे पहिचान नखुलेको पुरुष मानिसको घोप्टो परेको अवस्थामा शव देखेर स्थानीयले प्रहरीलाई जानकारीगराएका थिए ।

383875116_289066260545063_4089711129966528941_n

प्रहरीका अनुसार मृतकको दाया हातमा ‘ओम मानी पेमे ‘ लेखिएको  अन्दाजि  उचाई ५ फिट ७ ईन्चभएको, कपडा कालो रङको बक्स पाईन्ट, खैरो रङको भेष्ट, भित्री अन्डरवेव सानो सानो कालो सेतो कोठा देखिने लगाएको हुनाले  हुलिया अनुसारको शबको पहिचानका सहयोग गरिदिन प्रहरिले अपिल गरेको छ ।

उनको मृत्युको कारण पत्ता नलागे पनि शव पोष्ट मार्टमको लागि शव धरान शवगृहमा पठाईएको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् ।