पथरीः  मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा सडेको बेबारिसे अवस्थामा भेटिएको शव स्थानीय युवकको भएको पुष्टि भएको छ । 

सामुदायिक वन क्षेत्रभित्र रहेको गोहीखोलामा पल्टिरहेको अवस्थामा आसोज असोज ९ गते  स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । 

मृत अवस्थामा फेला परेका व्यक्ती पथरीशनिश्चरे २ का २६ वर्षीय करण सुव्बा रहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृतको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक सुब्बा असोज १ गते देखी घरबाट हराएका थिए । उनी  हराएको ९ दिन पछि उनको शब जंगलमा फेला परेको हो । उनको हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाका बिषय गम्भिर ढंगले अनुसन्धान थालेको पथरी प्रहरीले जनाएको छ ।