दमकः  झापाको दमकमा इलाम चुलाचुलीका एक युवकको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरिएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले उनको बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ । 

दमक १ स्थित एक होटेलमा रातभर  सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको बीभत्स हत्या भएको दमक प्रहरीले जानकारी दिएको छ । 

घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाले जानकारी दिए ।  मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको  लामाले बताएका छन् ।