इटहरीः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गा कित्ताकाट गरेवापत ७० हजार रुपियाँ नगद र ५५ हजार रुपियाँको चेक गरी सेवाग्राहीसँग एक लाख २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय, इटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।