भोजपुरः आमचोक गाउँपालिका–६ की सात वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–६ वयाग्ङका २१ दिपचन्द्र राईलाई पक्राउ गरेको छ ।
बालिका ०८० कात्तिक २ गतेदेखि हराएको र कात्तिक ४ गते आमचोक गाउँपालिका–६ स्थित थुम्की गुफामा बालिकाको कपडा खोलिएको अवस्थामा लास फेला परेको थियो ।
बालिकाका हराएको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि मौखिक उजुरी गरेको थियो ।
पीडित पक्षको उजुरीका आधारमा खोजी गरिएको र बालिकाको शव फेला परेपछि अनुसन्धानका लागि दिपचन्द्रलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताए ।
शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा राखिएको छ । शवको पोष्टमार्टम कात्तिक ५ गते(आज) गरिने तयारी गरिएको प्रहरीले जनाएको छ ।