रुषा थापा

दशैं–तिहारमा समेत व्यापार नभएपछि व्यापारीहरु निराश भएका छन् । उनीहरु पसल छोड्ने निर्णयमा पुगेका छन् । एउटा सटरको मासिक भाडा २२ हजारदेखि १२ लाखसम्म रहेको व्यवसायीहरु बताउँछन् । तर, पसलमा बहनी हुदैँन । फेरि सटर भाडा मात्र नभई कोठा भाडा पनि तिर्ने पप्यो । 

एकातिर सटर भाडाको टेन्सन, अर्कोतिर कोठा भाडाको चिन्ता । योसँगै बालबालिकाको पढाई, खाद्यान्नलगायत दैनिक खर्च पनि हुने गर्छ । अनि व्यापार नै नभएपछि कसरी खचै जुटाउने ? काठमाडौंको नयाँ बानेश्वरदेखि अनामनगरको घट्टेकुलो चोकसम्म मात्र दर्जनौं सटर खाली रहेको पाइन्छ । 

जसोतसो पसल सञ्चालन गरिरहेका व्यवसायीहरु पनि टिक्नै नसक्ने अवस्था आएको बताउँछन् । बजारमा यस्तो आर्थिक मन्दी आएको र मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर कहिले सुन्न नआएको तर अहिले आफ्रनै आँखाले देखिरहेको बृद्धाहरु बताउाछन् । बजारमा कोठा र फ्रल्याट पनि त्यत्तिकै खाली छन् ।

बाटोमा हिँड्दा घरधनीहरु महिनौंदेखि भाडा नदिएको भन्दै डेरावालासँग झगडा गरिरहेको पनि प्रशस्तै देखिन्छ । अहिले व्यापारी भन्छन्, ‘बहनी हुदैँन अनि कसरी भाडा तिर्नु ?’ यता, डेरावालाहरु कम गरेको ठाउँबाट तलब नआएको भाडा तिर्न नसकेको बताउँछन् । 

नयाँ बानेश्वर, चावहिल, गौशला, जोरपाटी, चक्रपथ, नयाँ बसपार्क, बल्खु, कंलकी, लगानखेललगायत ठाउँमा खाली सटर पाउनै मुस्किल हुन्थ्यो । एउटा खाली सटर दश लाखदेखि ५० हजारमा बिक्री हुन्थ्यो । अहिले यी ठाउँमा यत्तिकै सटर खाली छन् । 

जताततै टुलेट लेखिएको पोस्टर देखिन्छ । बजार पूरै मन्दीमा छ । व्यापारीहरुको भोक र निन्द्रा हराइसक्यो । घरधनीहरु पनि घर खाली हुन थालेपछि चिन्तित भएका छन् । बैंकको ऋण तिर्न नसकेर तनाव बढेको छ । बैंकले पत्रिकामा तीन पुस्ते निकालिसक्यो त कालोसूची राख्न पनि प्रक्रिया अघि बढाइसकेको छ । 

अहिले बजारमा सटर लिएर व्यापार गर्ने कोही छैन । उल्टो सटर छोड्नेको संख्या बढ्दो छ । घर भाडामा नगएपछि बेच्छुभन्दा पनि बिक्दैंन । केही दिनअघि काठमाडौंको हाडीगाउँस्थित केही व्यक्तिहरु तीन वर्षअघि पाँच करोडमा किनेको साढे दुई तल्ले घर अहिले बेच्छुभन्दा साढे दुई करोडमा समेत बिक्री नभएको भन्दै गुनासो गर्दै थिए । 

यो हाडीगाउँमा मात्र होइन, सार्वजनिक स्थल, चिया पसल, बसलगायतमा पनि मानिसहरु एक आपसमा घरजग्गा बिक्री नभएको कुरा गरिरहेका हुन्छन् । अहिले सटर लिएर पसल गरिरहेका तथा कोठामा बसिरहेकाहरु भाडा तिर्न नसकेकाले घरधनीलाई नै सामान छोडेर गाउँघर फर्किने तयारी गरिरहेको बताउँछन् । 

होलसेल व्यापारीहरु पनि सामान बिक्रीमा गिरावट आएको बताउँछन् । लत्ताकपडा, जुत्ता, ब्युट्री पार्लर, कस्मेटिक, हार्डवेयर पसललगायत व्यापारीहरु बहनी हुनै छोडेको जनाउँछन् । बाटोमा हिँडिरहेका पैदलयात्रीलाई व्यापारीहरु सित्तैमा सामान दिने जसरी बोलाउँछन् । तर, किन्न गएमा सय रुपैयाँको सामानलाई हजार लिएर ठग्छन् । 

जनतासँग पैसा छैन अनि कसले सामान किन्छ । अहिले बेरोजगारी, महंगी र गरिबी दिनप्रति दिन बढ्दो छ । उपत्यकामा विभिन्न कारणवश बस्दै आएका समेत भाडा तिर्न नसकेपछि दशैं–तिहार मान्न गाउँघर गएको बहानामा फर्किएनन् । 

वडा र नगरपालिकामा घरधनीहरु डेरावालले भाडा नतिरेको र गाउँबाट पनि नफर्किएको भन्दै घर खाली गराउन माग गर्दै गएको पनि देखिन्छ । कतिपय डेरावालले महत्त्वपूर्ण सामान आफुसँग राखेर अन्य सामान घरधनीलाई छोडेको सुनिन्छ । कतिपय त राति नै सामान लिएर फरार भएको पनि सुनिन्छ । 

राजधानीको इन्द्रचोक, असन, भोटाहिटी, क्षेत्रपाटी, बसन्तपुर, न्यूरोडलगायत स्थल सबैभन्दा बढी भीडभाड हुने ठाउँमा पर्छ । तर, त्यहाँकै व्यापारीमा उदासनीता देखिन्छ । मानिसको चहलपहल बढेपनि व्यापार भने नभएको व्यवसायीहरुको ठम्याई छ । अहिले यी क्षेत्रमा पनि सटरहरु यत्तिकै खाली देखिन्छन् । 

खासाबाट कपडा ल्याएर महाबौद्धमा व्यापार गर्नेहरु पनि पलायन हुदैँ गएका छन् । उपत्यका (काठमाडौं–ललितपुर र भक्तपुर) का बजार क्षेत्र तथा गल्ली गल्लीमा कोठा, फ्रल्याट र सटर खाली रहेको भेटिन्छ । बाहिरी जिल्लाका सटरमुकाममा पनि धेरै कोठा र सटर खाली भएको सुनिन्छ । अधिंकाश त भाडा तिर्न नसकेर नै पलायन भएका छन् । 

यसपालिको दशैंमा खसी, बोका, च्यांग्रा, कुखुरा, राँगालगायत बिक्री भएन । बजारमा भएको मन्दीको प्रभाव मासुमा समेत पप्यो । त्यस्तै, तिहारमा पनि फूल, भाइमसाला, मिठाइ, फलफूल विगत वर्षमा जस्तो बिक्री भएन । सर्वसाधारण भन्छन्, ‘पैसा नै छैन अनि कसरी किनेर खानु ? व्यापारीले सित्तैमा त सामान दिदैँन ?’

डण्डी, सिमेन्ट, गिट्टी, बालुवा, इट्टा, रोडा व्यवसायीहरु पनि व्यापार घटेको बताउँछन् । बजारमा जग्गा किनेर घर बनाउने एक जना छैन । उल्टो घरधनीहरु घर बेच्न कसेर लागिपरेका छन् । मजदुरी गर्दै आएका पनि काम नपाएपछि आफ्रनै गाउँ फर्किएका छन् । 

मालपोत, यातायात कार्यालयलगायत अत्याधिक भीडभाड हुने सरकारी कार्यालय सुनसान देखिन्छ । राहदानी विभागमा भने मानिसहरुको लाम देखिन्छ । ५९ लाख सेयर लगानीकर्तालाई मर्नु कि बाँच्नु भएको छ । चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा झर्दा उनीहरुलाई हास्ँनु कि रुनु भइरहेको छ । 

गाडी र घरजग्गाको पनि अवस्था यस्तै छ । ३० लाखमा किनेको सवारीसाधन अहिले पाँच लाखमा बिक्री हुन्न । निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीहरु सरकार पेन्सन र तलब दिन नसक्ने अवस्थामा पुगेको भन्दै आफुहरुको पनि बिजोग हुने बताइरहेका हुन्छन् । 

त्यस्तै, ज्येष्ठ नागरिकहरु भत्ता लिन जाँदा अन्तिम भत्ता यँही त हुने होइन भनेर कुरा गरिरहेको भेटिन्छन् । जनप्रतिनिधिहरु पनि तर्सिएका छन् । आफुहरुलाई कालोमोसो दलेर सर्वसाधारणले देश निकाला गर्ने डर उनीहरुमा छ । 

अहिले कतिपय वडाध्यक्ष, मेयर, सांसदले राज्यबाट उपलब्ध सेवासुविधा र तलबभत्ता फिर्ता गर्न थालेका छन् । तर, जनता अब भ्रममा पर्ने छैनन् । किनकि जनताले यीनीहरुको असली रुप देखिसकेका छन् । जनता भन्छन्, ‘सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताले देश सिधाए ।’

आम नागरिकले राज्यलाई कर तिर्न छोडेका छन् । ०४६ सालमा मुलुकमा पञ्चायती व्यवस्था हट्यो र बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था आएपछि राप्रपाले विरोध गर्न थाल्यो । तर, जनताले राप्रपाको हरेक विरोध कार्यक्रम असफल बनाए । चाँहे त्यो ढुंगामुढा गरेर होस् या झैंझगडा । 

बहुदलीय व्यवस्थामा पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द्र नै प्रधानमन्त्री बने । जबकी पञ्चायती व्यवस्थामा समेत यी दुवै प्रधानमन्त्री बनेका थिए । अहिले मुलुक विदेशी ऋणको च्यापिएको छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । बेरोजगारी, गरिबी र महंगी हवात्तै बढेको छ । 

यसले गर्दा मुलुकमा लोकतन्त्र गणतन्त्र उपयुक्त छैन भन्दै राप्रपाले फेरि पनि राजाको आवाज उठाउन थालेको छ । राजावादीहरु राजनीतिक दल र सरकारी कर्मचारीले देश विदेशीलाई बेचिसकेको आरोप लगाउँछन् । 

व्यवसायी दुर्गा प्रसाईले पनि हिन्दु राज्य र राजतन्त्र व्युताउँन यही मंसिर ७ गते जनतालाई सडकमा उत्र्रिन आह्वान गरिसकेका छन् । नेकपा एमालेले पनि आफ्ना कार्यकर्तालाई मंसिर ७ गते माइतीघर मण्डलामा देश बचाऊ अभियानमा भेला हुन आह्वान गरिसकेको छ । 

दुर्गा प्रसाईले बैंकबाट अर्बो रकम ऋण लिएका छन् । ऋण नतिर्नका लागि उनले यस्ता आन्दोलनको तयारी गरेका हुन् । ०४६ सालपछिको एमाले पटक–पटक सरकारमा  गयो । तर, काम भने केही गरेन । एमालेका नेताहरु सबैभन्दा बढी भ्रष्टचारी छन् । एमाले नेता महेश बस्नेत अहिले देश बचाउनुपर्छ भनेर नाटक गरिरहेका छन् । 

०७१ सालमा उद्योगमन्त्री हुँदा उनले अघिल्लो सरकारले उपत्यकाबाट इट्टाभट्टा हटाउने निर्णय गरेकोमा स्थगित गरिथिए । त्यहाँ अर्बो भ्रष्टाचार गरे । इट्टाभट्टा सञ्चालन गर्न दिए । सँगै मदिराको लाइसेन्स पनि खुल्ला गरेर अर्बो रकम खाए । 

भक्तपुर क्षेत्रनम्बर २ को खेतीयोग्य जमिन उनकै संलग्नतामा प्लानिङ र खण्डीकरण गरिएको हो । जग्गाधनीसँग आनाको एक लाखमा किनेर खण्डीकरण गरेर आनाकै ५० लाखमा बेच्ने उनी नै हुन् । यो क्षेत्रमा भएको सरकारी, सार्वजनिक, गुठी, मठमन्दिरलगायतको जमिन सबै व्यक्तिको नाममा पास गरिदिए । 

अहिले बस्नेतको लगानी क्रसर उद्योग, जग्गा, होटल, निजी विद्यालय तथा कलेजमा रहेको बताइन्छ । ०५० सालअघि केही नभएका बस्नेतको अहिले खर्बो सम्पत्ति रहेको उनलाई चिन्ने व्यक्तिहरु बताउँछन् । यस्ता भ्रष्टाचारीहरु नै देश बचाउ, अभियानमा लागेका छन् । 

जनतालाई भ्रममा राखेर अझै कमाउनतिर उनीहरु लागिपरेका छन् । अब सर्वसाधारण जनता पार्टीगत नभएर देशको लागि सडकमा आउनुपर्छ । तर, यस्ता दलाली र भ्रष्टाचारीको पछि लाग्नुहुन्न ।