तारा पोख्रेल 

इटहरीः कोही मानिसको स्वाभाब यस्तो हुन्छ कि ठगि गरेर भएपनि आफ्नो रबाफ देखाउने हुन्छ । यस्तै स्वाभाब भएका ब्यक्तिहरु हुन रेवती रमन सापकोटा र उसकी श्रीमति लक्ष्मी सुवेदी सापकोटा ।  मोरङ्ग हालको कानेपोखरी गाँउपालिकाबाट इटहरी सरेका हुन् ।  दम्पतीको पेशा नै ठगी रहेको अहिलेसम्मको कामले पुष्टि गर्छ । दम्पती जो मानिस सोझा सिधा छन तिनिहरुलाइ निशाना बनाइ फकाउने , विभिन्न प्रलोभन देखाउने , आफ्नो हुँदै नभएको सम्पती गाडी घर भएको देखाइ फसाउने, मेरो योजना अनुसार व्यापार गरे सफलता प्राप्त हुन्छ भनी साझेदारी बनाइ अन्त्यमा ठगि गर्ने गरेको पाइएको छ । 

दम्पतीले जग्गामा , गाडीमा , अन्य ब्याबसायमा साझेदारी बनाउ भनी ठगी गर्ने गर्दछ्न । जति जे कुरा गरेपनी ठगि गरेर पैसा जम्मा गर्ने अनि आफू ठूलो घर र महङ्गो गाडी चढ्ने गर्दछ्न । कहिले बुढाबुढी झगडा गरे जस्तो गर्ने पारपाचुके गर्न खोज्दैछु भन्ने ,कहिले मिल्ने कहिले अफ्ट्यारो पर्न खोजे केही समय गायब हुने गर्दछ्न । यी दम्पतीको जति कुरा गरेपनी थोरै हुन्छ । जानकारी अनुसार ठगिको शिलशिला कानेपोखरी गाँउपालिका केशबप्रसाद अधिकारिलाई गाडी किनेर साझेदारीमा चलाउने भनी केशबको महँगो ६ कट्ठा जग्गा ठगि गरेको काण्डबाट शुरु हुन्छ । केशब अधिकारीका अनुसार केशब र सापकोटा पहिले छिमेकी हुन ।

375208613_822575056321271_7372698744885065626_n

केशब सोझा अनि सापकोटा दम्पती चलाख ठगीमा माहिर हुन । रेवतीरमन सापकोटा ठगिमा माहिर हुन भने उनको श्रीमति लक्ष्मी सुवेदी झन ठगिका बादशाह नै हुन ।  यिनी दुबै सल्लाहगरी सर्बप्रथम मेरो ब्यवसाय दर्ता गरेको छ । मेरो नाममा जग्गा नामसारी गर्दा मात्र पैसा अलि धेरै निस्कन्छ  भनी झुक्याएर केशबको जग्गा ६ कट्ठा रेवतीले आफ्नो नाममा ल्याई त्यो जग्गा दमकको लक्ष्मी सनराइज साबिक लक्ष्मी  बैकको मिलेमतोमा  धितो राखी ३० लाख रकम निकाले । 

बैक र रेवती सापकोटाले साँठगाँठ गरी धोका दिएर पुरानो गाडी पनि किनेर चलाइरहेका बेला गाडी बिग्रेर मर्मत पनि गर्न नसकेर चल्ने नभएपछी गाडी थन्कियो । त्यो जग्गा बैकका कर्मचारी र रेवती सापकोटा दम्पतीको षड्यन्त्र र मिलेमतोमा कागजपत्र फर्जी बनाइ ठग्ने नियत दुबैले बनाएको  बुझिएको छ ।  पछि धितो तिर्न नसकेपछी बैकले नक्कली मानिस खडा गरि जग्गा लिलाम गरी आफ्नो कब्जामा पार्यो । यतिबेला जग्गा धनिलाइ रोडमा ल्यायो रेवती सापकोटा र बैँकको षडयन्त्रले । अहिले पनि केशब अधिकारी परिबार डिप्रेसनमा परेर भौतारिरहेका छ्न ।

375217335_1024972158941257_4852136660454701932_n 

अर्को ठगी कान्ड इटहरी १६ बालग्राम चौक बस्ने कृष्ण सापकोटाको श्रीमति पार्बता भन्डारी सापकोटाको नाममा रहेको जग्गा बेचेर पैसा लिइ यता पार्बती भण्डारीलाइ चाहीँ मसंग पैसा छैन म चेक दिन्छु भनी तीन वटा चेक दुईवटा ५/५ लाखको र अर्को २२ लाखको चेक पछिल्लो मितिको दिई जग्गा पास गरि मागेको र विश्वासले चेकको आधारमा जग्गा पास गरि दिएपनी त्यो मितिमा चेक नसाटिएकोले पिडित पार्बती भण्डारीले चेक बाउन्डस गरी  जिल्ला प्रहरी कार्यलय सुनसरीमा आफ्नो रकम अशुलउपर गरिदिन भनी उजुरी दिएकी छन ।   २०८० ५-२१ बैँकिङ्ग कसुरमा घरबाटै पक्राउ गरि १५ दिन हिरासतमा राखेको प्रहरी कार्यालयबाट थाहा भएको छ । प्रहरीले अनुसन्धान गरि रहेको छ ।  त्यो उजुरी परेर पक्राउ परेपछी खैलाबैला मच्चिएको थियो ।  पिडितहरु एक गर्दै अरुपनी मलाई पनि यसले ठगेको छ भन्दै चेक बोकेर प्रहरी कार्यालय धाईरहेको प्रहरी श्रोतले बताएको छ । 

376358188_526462982994801_6110607801035555164_n (1)

 उसलाइ पक्राउ गरेपछी पिडितहरु पनि घरमा आउने  र निगरानी गरिरहेको पनि बुझिएको छ । उनलाई अदालतले १३ लाख धरौटी लिएर तारेखमा छाडेको छ । अहिले सो मुद्धा अदालतमा चलिरहेको बुझिएको छ । ती ठग दम्पतीको ठगी गर्ने पेशामा संलग्न भएर ठगिएका पनि धेरै छ्न । पहिले उसको घर थिएन । जग्गाको कारोबार साझेदारीमा गर्ने गरेको स्वयम्ले कहिलेकाही बताउने गरेका थिए । 

अहिले इटहरी १६ बालग्राम चौक देखि दक्षिणमा आलिसन महल बनाएर उनि बसेका छन । त्यो घर आफ्नो नाममा नभएर अर्कैको नाममा राखेको बुझिएको छ । गाडी पनि उसको नाममा नभएको बुझिएको छ ।

ठगी काण्डमा संलग्न भएकोले आफ्ना नाममा नराखेको हुनुपर्छ । सापकोटा दम्पतीले पुष्प सापकोटा बालग्रामको ११ लाख ५० हजार , गुणराज बस्नेत १० लाख , पार्बती भण्डारी ३२ लाख , केशब अधिकारी कानेपोखरीको ४० लाख र अन्य धेरैको करोडौं रकम ठगी गरेको बुझिएको छ । तर दम्पतीले  बालग्राममा रहेको घर र अन्य जग्गा मेरै हो भन्दै आएका छन  । 

उनको इटहरी ६ वीपी चौकमा ठूलो कामख्य फर्निश्चर पसल पनि छ । उनले यति ठूलो ठगी काण्ड चलाए पनि पिडितलाइ धम्की दिन छोडेका छैनन । पिडितलाइ मात्रै होइन, उनले आफ्नो बिरोधमा बोल्नेलाई पनि तथानाम गाली गर्ने गरेको पिडितहरुले बताएका छन ।