धरानः पुरानो प्रगतिशील कलाकार धरान १६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यमय मृत्यु भएको छ ।

तिम्सिनाको उपचारको क्रममा शुक्रबार विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्थामा भेटिएका उनलाई विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन । घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् ।  मृतकको टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको छ ।

श्रीमती र दुई छोरी सहित तिम्सिना पछिल्लो समय झापाको दमकमा होटल व्यवसाय गर्दै आएका थिए । 

उनका मामा राम घिमिरेले कार्तिक १७ गते घट्ना भएको र अहिले सम्म वास्तविक रहस्य पत्ता लाग्न नसक्नु नै मृत्यु रहस्यमय भएको वताएका छन् ।

वास्तविक घट्नाको छानवीन र दोषी पत्ता लगाएर कानुन कार्वाही गर्न प्रहरी प्रशासनलाई घिमिरेले माग गरेका छन् । परिवारजनले जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारको तर्फबाट उजुरी समेत दिएको तर हाल सम्म घट्नाको वास्तविकता प्रहरीे प्रशासनले पनि पत्ता लगाउन सकिरहेको छैन । 

दमक प्रहरीले भने मृतकको परिवारबाट जाहेरी आएको र घट्नाको वास्तविकता संवन्धी थप अनुसन्धान जारी रहेको वताएको छ ।

प्रहरीलाई कार्तिक १७ गते वेलुकी ९ वजे साथी मार्फत खबर आएको र साथीले नै उपचारको लागि अस्पताल पु¥याएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना भएको भनेर परिवारजनले जाहेरी दिएको वताइएको छ ।