पथरीः जबरजस्ती आसय करणीको आरोप लागेका पथरी शनिश्चरे नगर अस्पतालका स्वास्वथ संयोजक मुरारी आचार्य पिडित महिलाले आरोप लगाएकै दिन देखि विदामा रहेका छन । पिडित महिलाले पत्रकार सम्मेलन गरेको जानकारी पाए लगतै आचार्य विदामा रहेका छन् ।

आचार्यले पिडित महिलाले पत्रकार सम्मेलन गरे लगतै पत्रकार संग समाचार बाहिर ननिकाल्न हार गुहार गरेका थिए । पिडित महिलाले आचार्यबाट २०७८ देखि २०८० बैशाख ६ गते सम्म आफु माथी जबरजस्ती आसय करणीको (महिला हिंसा) भएकको बताएकी छन । घटना घटेको एक बर्ष पुग्न लाग्दा कानुनी पाटोका लागि विभिन्न संघ संस्था र प्रहरी कार्यलयको पुगेकी पिडित महिलाले कतैबाट पनि न्याय पाउने आशा हराएको बताईन ।  काग्रेसको आडमा पावर लगाएर हद म्याद कटाउन प्रहरीलाई समेत प्रलोभनमा पारेको उनको शंका छ । कानुनी न्याय नपाए सम्म आफु पछि नहट्ने बताउदै महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र विभिन्न महिला संघ संस्थालाई सहयोगका लागि अनुरोध गरेकी छन ।

२०७८ मंसिरमा पहिलो पटक नगरका स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले आफु माथी यौन हिंसा गर्न खोजेको र भोलि पल्टै छलफल हुदा तत्कालीन नगर प्रमुख दिलिप कुमार राई र तत्कालीन प्रदेश सभा सदस्य कृष्णकुमारी राईले घटना ढाकछोप गरेको बताएकी छन । पहिलो प्रयास असफल भए पनि उनले आफुलाई पटक पटक हिंसाको प्रयास गरेको कारण आफुले जोगिन जागिर छोडेको बताएकी छन ।

२०८० बैशाख ३ गते जागिर छाडेकी पिडित महिलालाई ६ गते रिपोट पुर्याउन जादा स्वास्थ संयोजकको हिंसामा परेको बताएकी छन । समाजका भद्रभलाद्मीहरुलाई पनि सुनाएँ । ठूला मान्छेहरुले बैठक पनि गरे तर मलाई न्याय दिन होइन उसलाई बचाउन भूमिका खेले । छलफलमा तत्कालीन प्रदेश सभा सदस्य कृष्णकुमारी राई, संबिधान सभा सदस्य चन्डिप्रसाद राई, तत्कालिन नगर प्रमुख दिलिप कुमार राई, स्थानीय नेता कार्यकर्ता टंक भण्डारी, मान प्रदार लिम्बु, तुलसी ढकाल, बौध कार्की लगायतको छलफलबाट पनि आफुले न्याय नपाएको बताएको उनको भनाई छ ।

Nagar Aspatal

नेपाल ऐन २०७२ को लैङ्गिक हिंसाको महल १३ मा आसय करणी अन्तरगत “कसैले कुनै महिलाको मञ्जुरी बिना निजको सम्बेदनशील अड्ड छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धी अङ्ग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा अस्वभाविक, अवाञ्छित वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अमर्यादित व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुव्र्यवहार गरेको मानिनेछ र त्यस्तो कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँ सम्म जरिबाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसूरदारबाट मनासिब माफिकको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ” । उलेख छ ।

यता महिला विरुद्धको हिंसा उन्मूलन सम्बन्धी घोषणापत्र, १९९३ मा विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजहरु महिला विरुद्धका हिंसालाई निम्नअनुसार परिभाषित गरिएको छ ः “महिला विरुद्ध हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँदछ वा पु¥याउने संभावना हुन्छ, जस अन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाव र स्वेच्छाचारी रुपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पर्दछ । भनेर उल्लेख गरेको छ ।

तत्कालीन नगर प्रमुख दिलिप कुमार राई र प्रदेश सदस्य कृष्णकुमारी राईले घटना दबाए पनि चन्डिप्रसाद राई र बौध कार्कीले असहमती जनाएको पिडित महिलाको भनाई छ । उहाँहरुले कानुनी पाटोमा लानुस भन्दा छोरी मान्छेको इज्जत र नगरको बदनाम हुन्छ भन्दै घटना दबाएको पिडितको भनाई छ ।

यता उत्त घटनाबारे चन्डिप्रसाद राई र बौध कार्की र तुलसी ढकाल र टंक भण्डारी संग बुझदा घटना यथार्थ रहेको र हाम्रा कुरा समेत दबाईएको बताएका छन । यता सोही बिषयमा सो घटनासँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए तर उनलाई कामका विष्यमा संझाएको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका छन भने स्थानीय संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध समेत गरेका छन ।