काठमाडौंः  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशन पदमा कार्यरत विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएर सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा मुद्दा दर्ता गरेको जानकारी दिए।

यो मुद्दामा पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ ९१० अनुसार कैद सजाय माग गरिएको छ ।उक्त दफा अनुसारको कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपियाँसम्म जरिवाना हुन्छ ।

यसअघि अख्तियारले आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख पौडेलसहित नौ जनाविरूद्ध दुई अर्ब ६९ करोड रुपियाँ बिगो माग्दै मुद्दा हालेको थियो ।

पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा बदनियतपूर्वक मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको अख्तियारको ठहर थियो ।