काठमाडौंः कुवेतमा दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर ९पीएएम०ले दिउँसोको चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको हो ।पीएएमले श्रमिकलाई काममा बाधा पु¥याउनका लागि नभई उनीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिएको बताएको छ । यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णयानुसार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रहरूमा श्रमिकलाई काममा लगाउन पाइनेछैन ।

कुवेतको ‘पब्लिक अथोरिटी फर म्यानपावर’ले चर्को घाममा काम गर्नका लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । यो निर्णय गर्मीको समयमा सूर्यको तीव्र किरणबाट कामदारहरूलाई जोगाउने र चलिरहेका आयोजनाहरूमा अवरोध नगरी कामलाई व्यवस्थित गर्ने उद्देश्यले गरिएको पीएएमले जनाएको छ ।

पीएएमले चेतावनी दिँदै भनेको छ, ‘यस निर्णयको उल्लंघनलाई सहिनेछैन, किनकि व्यावसायिक स्वास्थ्य प्रशासनका लागि राष्ट्रिय केन्द्रका क्षेत्र निरीक्षण टोलीहरूले तीन महिनाको अवधिमा अनुगमन गर्नेछन् ।’

निरीक्षण टोलीहरूले उल्लंघनहरूको पहिचान गर्न र व्यवसाय मालिकहरूविरुद्ध कानुनी कारबाही गर्न कार्य साइटहरूमा अभियान सञ्चालन गर्नेछन् । निजी क्षेत्रको श्रम कानुनमा उल्लिखित दण्ड र जरिमाना यस निर्णयको उल्लंघन गर्ने व्यवसायहरूमा लगाइनेछ । यो नियम उल्लंघन गर्नेलाई प्रतिकामदार सयदेखि २ सय कुवेती दिनारसम्म जरिमाना गराइने जनाइएको छ । कानुन उल्लंघन सुधार नभएसम्म कम्पनीको फाइल ब्लकसमेत गर्न सकिनेछ ।

मुलुकको प्रतिकूल मौसमका कारण गर्मीयाममा खुला क्षेत्रमा काम गर्न चुनौतीपूर्ण रहेको स्रोतले जनाएको छ । यस निर्णयको कार्यान्वयनलाई विभिन्न क्षेत्रका कम्पनीद्वारा व्यापक रूपमा स्वीकृत र समर्थन गरिएको छ, किनकि यसले सार्वजनिक हितलाई ध्यानमा राख्छ र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूप्रति कुवेतको प्रतिबद्धतासँग मेल खान्छ । यो निर्णय लागू गरेर, व्यवसाय मालिकहरूले आफ्ना कामदारहरूको स्वास्थ्य र सुरक्षाप्रति आफ्नो प्रतिबद्धता देखाउने अपेक्षा गरिएको जनाएको छ ।

साँझ ९तापक्रम कम भएका बेला०मा काम गरेर सो समयको क्षतिपूर्ति गर्न सकिनेछ । यस निर्णयलाई कार्यान्वयन गर्नका लागि एक कार्यसंयन्त्र बोर्ड ९वोर्क मेकानिज्म० पनि बनाइने बताइएको छ । कुवेतमा विभिन्न क्षेत्रमा करिब १ लाख ७ हजार नेपाली कार्यरत रहेको कुवेतस्थित नेपाली दूतावासको तथ्यांक छ ।

चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको मिर्गौैलामा प्रत्यक्ष असर पार्ने विश्व स्वास्थ्य संगठनले औंल्याएपछि कुवेतले सन् २०१९ देखि चर्को घाममा काममा लगाउन नपाउने नियम बनाएर लागू गर्दै आएको हो । कुवेतमा पनि धेरै नेपाली निर्माण क्षेत्र र खुला क्षेत्रमा कार्यरत छन् ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।