विराटनगरः कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेको छ ।

वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति समेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । अभियान अन्तरगत कोशी प्रदेशका जंगल क्षेत्र भित्र जंगल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै छन् । हालसम्ममा मोरङ र झापाका विभिन्न सामुदायीक वन क्षेत्र भित्र ५ हजार बढी विरुवा वृक्षारोपण गरिएको छ । 

image (2)

नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरुप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै जनावरका लागि जंगल निर्माणमा सबै नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर अभिया सफल आग्रहसमेत गरेका छन् ।

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले नागरिकलाई दुःख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले अभियान चलाएका हुन् । 

image (3)

‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ ।’

जंगलमा जनावरले खाने आहारा र जनावरको बास स्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जंगली जनावर वन क्षेत्रका गाउँबस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेको समेत ज्यान लिने गरेको उनको भनाइ छ । त्यसैले जंगल क्षेत्रमा बसोबास गर्ने यश प्रदेशका ३६ प्रतिशत नागरिकको जनधनको सुरक्षाका लागि जनावर मैत्री जंगल हुनु अहिलेको अपरिहार्यता भएकाले वृक्षारोपण अभियान सञ्चालन गरेको पूर्वमुख्यमन्त्री कार्कीले बताए । झबस्ती छेउमा रहेको जंगलका प्रत्येक रूखमा माहुरीको घार राखेर माहुरी पालन अभियानसमेत सञ्चालन गर्नु जंगली जनावरबाट सुरक्षित रहन र अर्थाेपार्जनका लागि अपरिहार्य छ,ञ उनले भने, झमाहुरी पालनले सर्वसाधरणले खेतबारी बीषादी प्रयोग गर्न रोक्ने र त्यसले अर्ग्यानिक खेतिको सुरूवात हुन्छ ।