ताप्लेजुङः मानसिक सन्तुलन ठिक नभएकी एक १३ वर्षिय बालिका र ४६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ताप्लेजुङको छुटा छुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । 

१३ वर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका २८ वर्षीय अमृत गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गीलेले जानकारी दिए ।  

यस्तै, मानसिक सन्तुलन ठिक नभएकी ४७ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा फुङलिङ नगरपालिकाका २६ वर्षीय आशिष प्राङदेन पक्राउ परेका छन् । साउन १४ गते जबरजस्ती करणी गर्ने प्रयास गरेकोको आरोपमा आफ्नै घरबाट पक्राउ गरिएका प्रहरी निरीक्षक लुङ्गीलेले जानकारी दिए । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी दुवैलाई थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।