इटहरीः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ११ को एक चिया पसलबाट  लागूऔषध सहित पसल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ४२ वर्षीया उषा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले  जनाएको छ । धरान–१६ अन्नपूर्ण चोकस्थित ती महिलाले सञ्चालन गरेको चिया पसलमा लागूऔषध कारोबार गरिरहेको छ भन्ने सूचनाका आधारमा  खानतलासी गर्दा उनको कोठामा लागूऔषध फेला परेको हो ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले कानुन बमोजिम खानतलासी गर्दा निजको घर कोठा र साथबाट लागूऔषध ट्रामाडोल ६ सय क्याप्सुल र प्रतिबन्धित औषधि स्पास्पेन ६ सय गरी जम्मा १२ सय पिस लागूऔषधसहित उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।