उदयपुरः  उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदिमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माण कम्पनीको लापरबाहीले ७ वर्ष देखि अलपत्र परेको छ । पुल निर्माण सम्पन्न हुने म्याद सकिएको ५३ महिना बिति सक्दा समेत उदयपुरको चौदण्डीगढी नगरपालिका– १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका– १० पाँचा जोड्ने सुनकोशी नदिको मोटरेबल पक्की पुल अलपत्र परेको हो ।

निर्माण कम्पनीले ३ बर्षमै सक्नु पर्ने उदयपुर – भोजपुरको सिमानास्थित सुनकोशी रानीटार पाँचा पक्की पुल ७ बर्ष बितिसक्दा पनि कामले प्रगति लिन सकेको छैनन् । भोजपुरको दक्षिणी भेगलाई उदयपुर सहित तराईसँग जोड्ने रानीटार पक्की पुलको काम ७ बर्ष देखि अलपत्र परेका हुन । ३ बर्षमै सक्नु पर्ने पक्की पुल ७ बर्ष बितिसक्दा पनि अलपत्र छाडेको पुल निर्माण गर्न निर्माण कम्पनी नआएको स्थानीयबासी बताउँछन । निर्माण कम्पनीले पहिलो वर्ष सुनकोशीको वारी र पारी २ ठाउँमा पिलर लगाउने काम समेत पुरा नगरी योजना अलपत्र अवस्थामा छाडेर हिडेको स्थानीयबासीको भनाई रहेको छ ।

निर्माणको जिम्मा लिएको रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरि ३० असार २०७४ सालमा सम्झौता गरि काम थालेको थियो । कम्पनीले सम्झौता गरेको मिति देखि ३६ महिना भित्रमा निर्माण सक्न ३० असार २०७७ सक्ने सम्झौतामा उल्लेख छ । सो पुल तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौं २०७४ सालमा शिल्यान्यास गरेको थियो । शिल्यान्यास गरेको वर्ष जे जति काम गरे त्यसपछि निर्माण कम्पनी नआएको स्थानीयबासी बताउँछन ।

प्रि वायल फाउण्डेशन प्रबिधिमा सुनकोशी नदिमा ६ पिलर भएको २ सय मिटर लम्बाई ११ मिटर चौडाई रहेको पक्की पुल निर्माण गर्न लागेको हो । करिब २५ करोडको लागत रहेको पुल निर्माणको प्राबिधिक रेखदेख पुल सेक्टर धरानले गर्दै आएको छ । पुल निर्माणपछि भोजपुर र उदयपुरलाई यातायातमा सहज बनाउन ठुलो सहयोग पुग्ने भन्दै खुसी भएका स्थानीयबासी ७ बर्ष बितिसक्दा पनि राष्ट्रिय योजना जस्तो पुल निर्माणको काम १५ प्रतिशत पनि भएको छैनन् । सुनकोशीमा पिलरको जग खन्न नसकेको भन्दै निर्माण कम्पनीले निवेदन दिएको पुल सेक्टर धरानले जनाएका छन ।

निर्माण कम्पनीले पुलको डिजाईन परिर्बतनका लागि निदेवन दिएको छ । प्रि वायल फाउण्डेशनमा काम गर्न नसक्ने भएपछि अहिले कम्पनीले नयाँ पायल प्रबिधिको डिजाईन उपलब्ध गराएको छ । कम्पनीलाई नयाँ डिजाईन उपलब्ध गराए पनि काममा गति लिन सकेको छैनन । उदयपुर, भोजपुरलाई सडक सञ्जालसँग जोड्ने सुनकोसीको नदीको पुल निर्माण ब्यवसायीका कारण अलपत्र परेको हो । निर्माणको ठेक्का लिएको कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेकोमा स्थानीयबासी आक्रोसित छन् ।

सो पुलले खोटाङका पुर्बि र भोजपुरको दक्षिणी भेगका बिभिन्न स्थानमा आवत जावत सहज गराउने हँुदा जनताहरुले चासो दिएको भएता पनि काम गर्ने सम्बन्धित निकायहरु मौन रहेको जनाए । उदयपुरको स्थानीयले पुल निर्माणको लागि आवज उठाई रहँदा समयमा मोटरेबल पक्की पुलन निर्माण नभएकोमा भोजपुरबासी स्थानीयबासी भने आक्रोसित बनेका छन । यो खबर राजधानी दैनिकबाट लिइएको हो ।