इटहरीः प्रहरीले सुनसरीको कोशीगाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका–३ का २३ वर्षीय मो जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित, सप्तरी कन्चनरुप नगरपालिका–७ का २२ वर्षीय विजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाइट्राभेट १५ ट्याव्लेट सहित, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–१० का २४ बर्षीय रोहित मण्डललाई २ ग्राम ४१० मिलिग्रामसहित र उदयपुर रौतामाई–७ का २८ वर्षीय पदमबहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यस्तै, सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा न ३ फुलचौकमा एकजना पक्राउ गरेका छन् । उदयपुर रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुची बस्ने पदमबहादुर मगरलाई शंका लागेर शरीरमा कानून बमोजिम तलासी लिँदा लागूऔषध (ब्राउन सुगर) जस्तो देखीने पदार्थ फेला पारी सो पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक २० ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।