इटहरीः बुधबार बिहान प्रहरीले धरान १७ बिष्णुपादुका जाने सर्दु खोला पुलको भित्री सडक खण्डमा लागूऔषध गाँजा सहित क्रिम कलरको कार नियन्त्रणमा लिएको छ ।
लागूऔषध गाँजा लिएर कार गईरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले एक सय एक किलो गाँजा सहित बा ९ च १७६८ नम्वरको क्रिम कलरको कार निययन्त्रणमा लिएको हो ।
कार चालक भने प्रहरी आउनुअघि नै फरार भएको दावी गरिएको छ । गाँजा सहितको सो कार इलाका प्रहरी कार्यालय धरान ल्याइएको छ । फरार सवारी चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।