इटहरीः तीन सय ५० केजी गाजासहित सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट प्रहरीले भारतीय स्कोरपियो नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर ७० ई ९५०२ नम्बर प्लेटको स्कारपियोमा तीन सय ५० केजी गाँजा बिहीबार विहान सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।
गाजा ओसारपसारका लागि प्रयोग गरिएको स्कोरपियो चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने प्रयास गरेकाले त्यस क्रममा चिमडी श्री मावि अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको थियो । त्यसमा शंका लागेर प्रहरीले निगरानी सहित पच्छउाने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका असुनार उक्त स्कारपियोमाथी शंका लागेपछि इलाका प्रहरी कार्यालय चसमडीले गाडीलाई पछ्याउँदा करिब ३ किलोमिटर पर मात्रै नियन्त्रणमा लिएको थियो । गाडी खाल्डोमा पुगेपछि गाँजा तस्करहरू भाग्न सफल भएको सुनसरी प्रहरीको भनाई छ । अनुसन्धानका क्रममा प्रहरीले एउटा बजाजको टु–ट्वाइन्टी मोटरसाइकल पनि बरामद गरेको छ, जसलाई स्कटिङका लागि प्रयोग गरिँदै आएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।