धरानः धरानकी मुना विकसँग होटलमा बसेका युवा मृत फेला परेका छन् ।
युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई पक्राउ समेत गरेका छ । धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र झापाकै बिर्तामोड नगरपालिका–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्द्रले जानकारी दिए ।
गए राति (माघ २४) बिर्तामोड–४ स्थित एभरेस्ट होटेल एन्ड लजमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको थियो । सागर र उनकी केटी साथी मुना सो लजमा राति खाना खाएर सुतेका थिए ।
पछि राति करिब ११ बजे लजको कोठाभित्र बाथरुमको ढोकाछेउ भुइँमा लडेर सागर बेहोस भएका थिए । त्यसपछि उनलाई मुना र होटेल सञ्चालक यामकुमारीले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पुरयाएका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी चन्द्रले जानकारी दिए । डीएसपी चन्दका अनुसार ती युवती र युवक पतिपत्नी होइनन्।
‘अनुसन्धानका लागि होटेल सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिएका छौं,’ झापाका डीएसपी चन्द्रले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएको अवस्थामा आफूले देखेको बयान युवती दिएकी छन्।
दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको उनले जानकारी दिए ।