इटहरीः प्रहरीले इटहरीको भाटभटेनी नजिकबाट  २५० केजी गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको ट्राफिक समेतको संयुक्त टोलीले  इटहरी १७ कान्छि चोकमा चतराबाट इटहरीतर्फ आउँदै गरेको बा २ च ३४६५ नम्बरको टाटा सफारीलाई रोक्न खोज्दा चालकले प्रहरीलाई पेलेर गाडी भगाएका थिए।

73f49c67-b124-47a0-9f6e-fcc885ac9931-2

पछ्याउने क्रममा गाडी भाटभटेनी नजिकै छाडिएको अवस्थामा फेला परेको थियो। गाडीलाई इलाका प्रहरी कार्यालय पकलिमा ल्याएर  चेकजाँच गर्दा गाडीभित्र प्लास्टिकमा बेरिएको ८ पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बरामद गरिएको गाँजाको तौल गर्दा २३० केजी १५० ग्राम भएको र  फरार चालकको खोजी जारी रहेको सुनसरी प्रहरीले जारी गरेको सूचना(बुलेटिन)मा उल्लेख गरिएको  छ।