धरानः भिषाको अवज्ञा गरी श्रमदान गरिरहेका १८ विदेशी नागरिकहरूलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ ।

धरान–५ देउराली सौगात चोकमा रहेको प्रेरणा कल्याणकारी समाजको निर्माणाधीन दुईतले भवनमा बनाउन उनीहरू श्रमदान गरिरहेको पाइएपछि  प्रहरीले पक्राउ गरेको हो  ।

विदेशी (अमेरिकन) नागरिकहरू टुरिष्ट भिषामा आई देश भारत जलपाइगुढी वेस्ट बंगाल बस्ने आधार कार्ड नम्बर ५३५७०१५६७९९६ भएका बसन्त लामाको सहकार्य तथा संयोजकत्वमा १७ जना अमेरिकन नागरिकहरू (१६ पुरुष र १ महिला) समाजको निर्माणाधीन भवनमा भिषाको अवज्ञा गरी श्रमदान गरी रहेका छन् भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

c66f5c46-a08e-43da-9155-0bc3904a78d5


39303ec6-93c5-495a-99f1-fc8e8830c0b1

6c834be2-c285-40d4-a895-3d4737be8639

सो निर्माणाधीन भवनमा काम गरी रहेको अवस्थामा फेला पारी उनीहरुको राहदानी चेक गर्दा टुरिष्ट भिषामा नेपाल आएको तर भिषाको अवज्ञा गरी श्रमदानको कार्य गरिरहेको पाइएको उनले जानकारी दिए ।

विशेषतः उनीहरू धर्म प्रचारको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरूमाथि छ । नेपाल आइ चर्चको भवन बनाउन श्रमदान गरेको पाइएकाले उनीहरूको राहदानी नियन्त्रणमा लिएर अनुसन्धानमा तीब्रता दिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रशासनले सोधपुछ गरी चेतावनी दिएर छाडेको छ भने उनीहरूबाट बरामद कागजात अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अध्यागमन विभागको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।