काठमाडौँः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरूको साथ रहेको बताएका छन ।

शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रा।ली।को तर्फबाट काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाइमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए ।

उनले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताए । ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरूले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको विरोध गरिरहेको बताए । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्त्वपूर्ण रहेको बताए ।

ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताए । उनले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताए । उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गरे। ताप्लेजुङवासीले पाउने अवसरमा खेलबाड गर्न बाहिर बस्ने नेपालीहरू लागिरहेको बताए।

अध्यक्ष ढकालले भने, ‘विरोधको कुरा गर्नुभयो । म आफैँ पनि स्थानीयहरूसँग छलफल गर्न गएँ । सार्वजनिक सुनुवाइमा करिब ३ सय जना स्थानीय हुनुहुन्थ्यो । त्यसमा २५ जना स्थानीयले बोल्नुभएको थियो । जसमा २ जनाले बन्न हुँदैन भन्नुभयो । एक जनाले बन्नुपर्छ तर भन्नुभएको थियो । ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनु पर्छ । यहाँको इकोनोमिक एक्टिभिटी बढ्छ, रोजगारी सिर्जना हुन्छ, त्यसले ताप्लेजुङमा केबलकार बन्नुपर्छ भन्ने छ ।

उनले भने ताप्लेजुङ भन्दा बाहिरका साथीहरू, नेपाल भन्दा बाहिर बस्ने साथीहरूले उहाँले विकसित मुलुकको इन्जोय गरिरहनुभएको छ, त्यहाँको सुविधा लिनुभएको छ । तर ताप्लेजुङमा बन्नु हुँदैन भनेर ताप्लेजुङवासीलाई गलत हिसाबले भ्रम फैल्याउनुभएको छ । यसै इस्युमा कता कता पोल्टिकल पार्टीहरूले भूमिका खेल्नुभएको छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्यो ताप्लेजुङको लागि दुःख लाग्दो कुरा हो ।’

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि स्पष्ट पारे । उनले पाथीभरा देवी दर्शन केबलकार प्रालीले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गरे । उनले पाँचतारे होटेल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको उल्लेख गर्दै अक्सिजनलगायतको स्वास्थ्य केन्द्र, शौचालय र तातो र चिसो पानीको व्यवस्थाका लागि सामान्य संरचना बनाइने उल्लेख गरे । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको र भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गरे । केबलकारले कुनै पनि हिसाबमा धार्मिक आस्था खलबल्याउने काम नगर्ने बताए ।

उनले भने, ‘वास्तवमा जुन हिसाबले पाथीभरा केबलकारले संरचनाहरू फरक हिसाबले बनायो, धार्मिक आस्थामा नबनाउनुपर्ने चीजहरू बनायो भन्ने जुन भ्रम फैल्याइएको छ । हामीले बनाउने संरचना र पूर्वाधार वातावरण र प्रकृतिमैत्री हुन्छ । सामान्य स्तरको पूर्वाधार हुन्छ । टप स्टेसन हुन्छ । उचाइमा भएको हिसाबले सामान्य किसिमले अक्सिजन लगायतको स्वास्थ्य केन्द्र, शौचालय, तातोपानी, चिसो पानीको व्यवस्था हुन्छ ।

लेक लाग्ने हिसाबमा त्यसको लागि मात्रै यो संरचना बनाइनेछ । माथि फाइभ स्टार होटेल हुन्छ रे, कता डेटिङ बस्ने ठाउँ हुन्छ रे भन्ने हिसाबको गलत कुरा आएको छ । गलत प्रचार गरिएको ढकालले बताए । त्यहाँको भेटी सबै पाथीभरा केबलकारले उठाउँछ भन्ने जस्ता गलत कुरा गरिएको छ । मन्दिरको भेटी केबलकारसँग कुनै सरोकार छैन । केबलकारले कुनै पनि हिसाबमा धार्मिक आस्था खलबल्याउने काम नगर्ने उनले बताए । 

अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताए । नेपालमा आउने पर्यटकहरूलाई भएका सम्पदाहरू अवलोकन गराउने वातावरण बनाउन खोजेको बताए । केबलकारले पाथीभरको धार्मिक आस्थामाथि प्रहार नगर्ने स्पष्ट पारे।

पाथीभराप्रतिको आस्थालाई  साथ दिन र सबै नेपालीलाई सहज हिसाबमा लैजाने व्यवस्थाका लागि मात्रै केबलकार बनाउन लागिएको बताए । पाथीभरा केबलकारको लागत अनुमान करिब तीन अर्बको रहेको जानकारी दिए । उनले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताए ।