इटहरीः नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरुको टुंगो लगाएको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।
माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरमा कार्य विभाजनसहितको सर्कुलर मातहतका कमिटीमा आइतबार गएको बताए । उननका अनुसार सो सर्कुलरमा जिल्ला इन्चार्जहरू तोकेर कार्य विभाजन गरिएको छ ।
कोशी प्रदेशका १४ जिल्लामा यी नेताले पाए इन्चार्जको जिम्मेवारी
सुनसरीः अनिता परियार
मोरङः कुलप्रसाद साम्बा लिम्बु
झापाः रञ्जित तामाङ
इलामः धिरेन्द्र शर्मा
पाँचथरः सितादेवी थेवे
ताप्लेजुङः खेलप्रसाद बुढा क्षेत्री
धनकुटाः धनकुमारी बिक
तेह्रथुमः होमकुमारी खापुङ
संखुवासभाः रिपुकुमार राई
भोजपुरः नगेन्द्र राई
सोलुखुम्बुः हेमकुमार राई
ओखलढुंगाः चम्पा कार्की
खोटाङः समिता कार्की
उदयपुरः मणिखम्बु किराँती