संखुवासभाः  संखुवासभाको धर्मदेवी नगरपालिका २, तामाफोकमा सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ ।

धर्मदेवी २, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय खड्ग बहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

आइतबार अपरान्ह भित्री सडक खण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय मजदुर लिङ्खाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।