धरानः धरानबाट हिलेतर्फ जाँदै गरेको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिकामा ६ गोठगाउँकी ७० वर्षीया नन्दकुमारी राई रहेको प्रहरीले जनाएको छ । ठक्कर दिनेवित्तिकै राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 धनकुटा–६ गोठगाउँस्थित कोशी लोकमार्गमा प्र १०२००२ ख ००४९ नम्बरको ट्रकले पैदलयात्रीलाई बाटो काट्दै गर्दा ठक्कर दिएको थियो । ट्रक र चालक धनकुटा नगरपालिका १ का ३९ वर्षीय भरतकुमार राई जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

चालकको लापरवाहीले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।