इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले संञ्चारकर्मीलाई गलत सूचना प्रवाह गरेको एउटा तथ्य फेला परेको छ । गत चैत्र ३ गते सुनसरीको हरिनगरमा लागुऔषध गाजा सहित मानिष नियन्त्रणमा लिएको सम्बन्धिमा प्रहरीले सञ्चारकर्मीलाई पठाएको सुचनो भेरिफाई गर्दा सो सुचना गलत पुष्टि भएको छ ।
जसमा प्रहरीले सञ्चारकर्मीलाई पठाएको सूचनाको घटना विवरणहरु वास्तविक तथ्य भन्दा बिलकुलै फरक छ ।
के थियो त सूचना यो शुरुमा जानौ
चैत्र ४ गते बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको मउयकगलकबचष्)चउ२लभउबउियष्अिभ।नयख।लउ नाम गरेको मेलबाट लागुऔषध गाँजा सहित मानिष नियन्त्रणमा । भनेर सुनसरीको हरिनगरमा २४ केजी गाजासहित एक मानिष नियन्त्रणमा लिएको सूचना सहितको विवरण मेल आएको थियो । जसमा पक्राउ परेका २४ बर्षीया राजेश मुखियाको फोटो समेत मेलमा अट्याच गरिएको थियो ।
यही सूचनाको आधार मानेर केही अनलाईनमा समाचार प्रकाशित पनि भए । प्रहरीले सञ्चारकर्मीको मेलमा पठाएको यो सूचनामा प्रहरीले निकै ठुलो मेहेनत गरेर गाजा नियन्त्रणमा लिन सफल भयो भन्ने सन्देश दिन खोजेको देखिन्छ । अर्थात मेलमा आएको सूचनाको विवरण यस्तो थियो । २४ केजी गाजा नियन्त्रणमा लिन गोप्य सुचना आयो, सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिनगरबाट टोली परिचालित भयो । र परिचालित हुन साथ एक मोटरसाइकललाई नियन्त्रणमा लिन खोज्दा फरार भयो र स्थानियको सहयोगमा प्रहरीले नियन्त्रणमा लिन सफल भयो । जसमा दुई झोलामा रहेको गाजा बरामद भयो तर मोटरसाइकल र चालक भने फरार भए ।
यो घटनाक्रमको वास्तविकता र प्रहरीले पठाएको विवरण बिलकुलै फरक छ । शुरुमा प्रहरीले पठाएको मेलको घटना विवरण अनुसार समाचारहरु अनलाईनमा प्रकाशित भए । समाचार देखेर हरिनगरका स्थानिय जो त्यो दिन घटना हुदा त्यहा प्रत्यक्षदर्शी थिए,उनिहरु नै अचम्ममा परे ।
घटनाका प्रत्यक्षदर्शी मध्येका एक जना पुरुषका अनुसार चैत्र ३ गते करिब ६ बजेको समयमा पल्सरमा सबार दुई जना व्यक्ति जो दुईवटा ब्याग बोकेका थिए, बाईक हरिनगर हुदै देवानगंन्ज तर्फ जादै थियो । निकै तिब्र गतिमा चलाइएको सो बाईकले स्थानिय एक व्यवसायीलाई ठक्कर दिन खोज्यो । तर ठक्कर हुनबाट जोगिएका उनले सो बाईकले बजार क्षेत्रमा तिब्र गतिले बाईक चलाएको भन्दै उनिहरुलाई रोक्न खोज्छन् । त्यस क्रममा स्थानियहरुले उनिहरुमाथि पानीको बोतल र काटुन प्रहार गर्छन । आतिएर सो बाईकमा सबार दुई जना केही मिटर अगाडी ढल्छन् । र स्थानियहरुले उनिहरुलाई नियन्त्रणमा लिन खोज्दा चालकले पछाडी भएका ति व्यक्ति र झोला छाडेर फरार हुन्छन् । पछि स्थानियले उक्त झोला खोलेर हेर्दा गाजा भएको भेटिन्छ ।
यो घटना भइरहँदा झण्डै २५ मिनेट समयसम्म पनि प्रहरीको उपस्थिीत त्यहाँ हुदैन । र करिब आधा घण्टा पश्चात स्थानियले गाजासहितको झोला र ति व्यक्तिलाई प्रहरी समक्ष आफै बोलाएर बुझाउछन् । त्यस क्रममा हरिनगर बजारका स्थानिय तथा व्यवसायीहरुले मुख्य चौकमा प्रहरी उपस्थिति नभएकोे भन्दै हरिनगरका प्रहरी इन्र्चाजसँग आक्रोश पोखेका पनि थिए । साथै प्रहरीले यस्ता अवैध चोरी तस्करीका समान ओसार पसार नियन्त्रणमा खासै राम्रो सकृयता नदेखाएको भनेर प्रहरीको आलोचना समेत गरिएको थियो त्यो दिन ।
प्रहरीले यो गाजा बरामद गरेको घटनालाई आफनो सफलताको रुपमा ब्याख्या गर्न खोजेर सञ्चारकर्मीलाई गलत सुचना दिएर भ्रम छर्न खोजेको हरिनगरका स्थानियहरुले बताएका छन् ।
यो बिषयमा घटना विवरण र मेल मार्फत सञ्चारकर्मीलाई आएको सूचना नमिलेको बिषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम डिएसपी योगराज खतिवडालाई जिज्ञासा राखेका थियौ । खतिवडाले सिभिल प्रहरीले गाजा र मोटरसाइकलमा लखेट्दै नियन्त्रणमा लिन खोज्दा सामान्य दुर्घटना भइ गाजा र तस्करीमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको दाबी गरे ।
प्रवक्ता डिएसपी खतिवडाले प्रहरी संचारलाई हरिनगर इलाकाबाट यही प्रकतिको विवरण टिपाइएको हुदा त्यही अनुरुप सूचना सञ्चारकर्मीलाई मेल गरिएको बताउदै यसमा केही विवरण नमिलेको भए रिचेक गर्ने बताए ।
साथै उनले दैनिक जसो जिल्ला भरका घटना तथा गतिबिधिहरु मेल मार्फत सहिसत्य नै सूचना प्रवाह हुने दाबी गरे ।