सुनसरीः सुनसरीको घुस्की क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अपरेशनको क्रममा खाल्डो खनेर लुकाइराखिएको अवस्थामा करिब ११ सय २० केजि गाँजा बरामद गरिएको हो ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सञ्चालन गरिएको अपरेशनमा सुरक्षाकर्मीले गाउँको एक स्थानमा खाल्डो खनी राखिएको गाँजा फेला पारिएको हो । गाँजा स्थानीय तस्करहरूद्वारा भारततर्फ तस्करी गर्ने तयारी अवस्थामा लुकाइराखिएको आशंका गरिएको छ ।

बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो सयम सुनसरीमा सुरक्षा निकायको सक्रियताले गाजा नियन्त्रणको क्रम निकै बढेको छ ।