इटहरीः लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको टोलीले कोशी व्यारेज स्थित भन्सार कार्यालय नजिकबाट सात जनालाई सुक्रबार लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । 

बिषेश सूचनामा आधारमा प्रहरीले निगरानी बढाउँदा सुनसरीको कोशी गाउँपालिका वडा नं. ०१ लौकही स्थित भन्सार कार्यालय अगाडी भारत तर्फबाट शंकास्पद गतिविधि सहित पैदल र स्कुटीमा आईरहेका युवाहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

उनीहरुले प्रयोग गरेको स्कुटी र बरामद ब्राउन सुगर सहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीको हिरासतमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सो स्थानबाट ईटहरी उप–महानगरपालिका वडा नं.०५ बस्ने पुष्पलाल चौधरीको  ३३ बर्षीय छोरा अजय चौधरीको साथबाट लागू औषध ब्राउन सुगर २.४७ ग्राम बरामद गरिएको छ  ।

13c10508-0a9c-4757-8d29-3e6129f12811

कोशी गाउँपालिका वडा नं. १ बस्ने जगत मण्डलको छोरा बर्ष १८ को हिमाल कुमार मण्डल र  सोही स्थान बस्ने सरोज मण्डलको छोरा बर्ष १८ को करण कुमार मण्डल मध्ये हिमाल कुमार मण्डलको साथबाट लागू औषध ब्राउन सुगर ३.२४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । 

सुनसरीको  कोशी गाउँपालिका वडा नं. २ बस्ने रुदल यादवको छोरा बर्ष २१ को दयानन्द कुमार यादवको साथबाट लागू औषध ब्राउन सुगर १.४० ग्राम बरामद भएको छ । 

 धरान उप–महानगरपालिका वडा नं.१७  बस्ने भगत बहादुर बिश्वकर्माको छोरा बर्ष २७ को बिवेक बिश्वकर्माको साथबाट लागू औषध ब्राउन सुगर २.१५ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी धरान उप–महानगरपालिका वडा नं.१७ बस्ने दिल कुमार राईको छोरा बर्ष १८ को स्कुटर चालक संगम राई र स्कुटर पछाडी बस्ने  धरान उप– महानगरपालिका वडा नं.१९ बस्ने किरण राईको छोरा सिमसन राई  मध्ये संगम राईको साथबाट लागू औषध ब्राउन सुगर २.२३ ग्राम बरामद गरिएको छ । 

ऋर्को स्कुटर चालक सुनसरी बराह्रक्षेत्र नगरपालिका वडा नं. ७ बस्ने बर्ष २२ को कौशल कालिकोटेको साथबाट लागू औषध ब्राउन सुगर ६.५३ ग्राम  र सोही स्कुटी पछाडी सवार सोही स्थान बस्ने याकुव राईको साथबाट लागु औषध ब्राउन सुगर ४.७९ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।