इटहरी : शनिवार साँझ इटहरीको धरान लाइनको एक किराना पसलमा बिराटनगरको जोगबनीबाट तस्करी गरी ल्याएको सामान डेलिभरी दिने क्रमको तस्बिर हो यो । यी महिलाले भारतीय अचार, चिनी, साबुन, मसला, पेय पदार्थ र चकलेटको प्याकेट तस्करी गरी ल्याएकी हुन । उनले यो सामान इटहरीसम्म ल्याउँदा ४ ठाउँमा गरी सुरक्षाकर्मीलाई जम्मा १२०० सय रुपैयाँ ‘घुस’ दिएर ल्याएको दाबी गरिन ।
महिला भन्दै थिइन: ‘अहिले नाकामा केही कडा गरिएको रछ र यति मात्र सामान निकाल्न दियो । नत्र यो भन्दा बढी सामान अटोबाटै अरू बेला ल्याउने गरेको उनले बताइन ।’
इटहरीबाट जोगबनी पुगेर दैनिक जसो यी महिला यसरी सामान इटहरी ल्याएर विभिन्न किराना पसलमा डेलिभरी दिने गर्ने गर्छिन् । उनको साथमा अन्य चार जना महिला पनि यसरी नै दैनिक जसो जोगबनीबाट इटहरी सामान ल्याउने गरेको उनले बताइन । यसरी तस्करी गरी ल्याउने सामानहरूको ग्राहक इटहरीमा प्राय किराना पसलहरू हुने गर्छन् ।
यसरी ५-६पोका सामान ल्याउँदा दैनिक ५ देखि ७ सय रुपैयाँ फाइदा हुने गरेको उनको भनाई छ । उनको भनाई अनुसार अहिले जोगबनी नाकाबाट यसरी खुलेआम तस्करी भइरहेको दाबी गरिन ।