इटहरीः प्रहरीले सुनसरीको बराहक्षेत्र ५ अमहा सिमसारको जंगलबाट कार र राइफल बरामद गरेको छ ।
सोमबार बिहान बिषेश सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट भरौंल तर्फ आउँदै गरेको कारलाई पिछा गरेको थियो । कारमा सवार चालक सहित ४ /५ जना व्यक्तिहरु कार छोडेर जंगल तर्फ फरार भएका थिए ।
बिहान ५ बजेको यो घटनापछि प्रहरीले बा ६ च ८४०३ नम्बरको कार खानतलासी लिँदा कारबाट खाली राइफल(बन्दुक) बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार र बरामद बन्दुक इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । फरार ती व्यक्तिहरुको खोजी कार थालिएको र घटना बारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।