इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मुसहरी टोलबाट प्रहरीले श्रीमति हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मादक पदार्थ सेवन गरी श्रीमति २४ बर्षीया ढलिसदा मुसहरको कुटपिट गरी हत्या गर्ने श्रीमान  ३० बर्षीया सोनिया मुसहरलाई पक्राउ गरिएको हो । 

घटना शनिवार रातको ९ बजे भएको हो । मादक पदार्थ सेवन गरी घर आएका श्रीमानसँग वादविवाद हुँदा श्रीमति ढलिसदालाई सोनियाले निर्धात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएकी श्रीमतिलाई श्रीमान सोनियाले घरभित्र नै राखेको र आइतबार (हिजो) बिहान साढे ९ बजे मृतअवस्था भेटिएको प्रहरीले जनाएको छ । 

श्रीमति घरभित्रै मृतअवस्थामा भेटिएको खबर पाउन साथ प्रहरी चौकी भरौंलबाट खटिएको टोलीले श्रीमान सोनियालाई पक्राउ गरि थप अनुसन्धान र कार्वाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।