उदयपुरः  उदयपुरको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १५ औँ नगर सभामा नगर प्रमुख वसन्तकुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नगर उपप्रमुख महेश्वरी राईले नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । उप प्रमुख राईले प्रस्तुत गरेको बजेटमा पुँजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा त्रियुगा नगरपालिकाको बजेट ५० करोड कम हो । त्रियुगा नगरपालिकाको बजेट क्रमश घड्दो क्रममा रहेको छ ।

नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तय गरेकोको छ । उच्च शिक्षा कृषि र पशु सकाय पढ्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने नीति पालिकाले लिएको छ ।

स्वास्थ्यमा नगरबासीलाई निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, निःशुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरूलाई घरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधी पु¥याउने नगरपालिकाको नीति तथा कार्यक्रम उल्लेख गरेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई निःशुल्क श्रमिक बीमा गर्ने नीति लिएको छ ।

त्यसैगरी शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट अध्यापन गराउन पर्ने, एक विद्यालयलाई महिला मैत्री विद्यालय स्थापना गर्ने, विद्यार्थी सख्याको आधारमा दरबन्दी मिलान र विद्यालय एक आपसमा गाभ्ने, हप्ताको एक दिन शुक्रबार ’बुक फ्री डे’ घोषणा गरि बालबालिकाको नेतृत्व विकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सीमान्तकृत असहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।

त्रियुगा नगरबासीको सम्मानयुक्त जीवनयापन, असल शासन, पारदर्शिता, जबाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह नीतिगत तथा संस्थागत क्षमता विकास, श्रोत साधनको समुचित व्यवस्थापन, सामाजिक रूपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका विषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा विषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ ।

लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलाप मार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम तय गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । संस्थागत क्षमता बिकास, श्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताए । आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय श्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिकाको सोमवार नगर सभा सम्पन्न भई सकेको छ भने बेलकाको निति तथा कार्यक्रम मात्र प्रस्तुत भएको छ । उदयपुरको अन्य कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाका नगर सभा तथा गाउँ सभा भई रहेको जानकारी आएको छ ।