इटहरीः लागुऔषध गाँजा सहित प्रहरीले सुनसरीको बराहक्षेत्र ५ तीनकुनेबाट २ जनालाई पक्राउ गरेको छ ।

 शनिवार राती साढे ७ बजेको समयमा   विशेष सूचनाको आधारमा प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जार तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ज. ४६३७ नम्बरको टाटा कम्पनिको नानो कारलाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट समेत थप टोली खटी सो कार चेकजाँच गर्दा  लुकाई छिपाई ल्याउदै गरेको ६ वटा कालो प्लाष्टिकको पोकामा प्याक गरिएको  लागुऔषध गाँजा  फेला पारेको प्रहरीले जनाएको छ । 

लागू औषध गाँजा  कार र कार चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.–०४ इक्राही बस्ने बर्ष २६ को धिरज गोसाई र सोही कारमा सवार जिल्ला मोरङ जहदा गाँउपालिका वडा नं.–०७ बस्ने बर्ष २२ को बिकास यादव समेतलाई नियन्त्रणमा लिईको छ । 

उनीहरुलाई  इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।