इटहरीः हाडनाता करणी मुद्धामा सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हाडनाता करणी मुद्धामा जिल्ला अदालत सुनसरीको २०८१ पौष ९ गतेको फैसला अनुसार १० बर्ष ७ महिना २ दिन कैद र ४० हजार जरिवाना तोकिएका धरान  ६ का ४० बर्षीय अर्जुनकुमार राई र त्यती नै सजाय तोकिएका सोही वडा निवासी ३० बर्षीय भक्तबहादुर राईलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई गोप्य सूचनाका आधारमा घरकै आसपास क्षेत्रमा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गरिएका दुवै जनालाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।