इटहरीः ज्यान मुद्धामा २४ बर्षबढी कैंद सजाय  तोकिएका सुनसरीका एक फरार प्रतिवादी ९ महिनापछि पक्राउ परेका छन् ।

प्रहरीले भोक्राहा नरसिंह ७ का २५ बर्षीय पप्पु सिंह भनिने पप्पु यादवलाई मंगलबार इनरुवा ३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सजाय तोकिएको फैसलापछि लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको दावी छ । यादवलाई जिल्ला अदालत सुनसरीको पत्र अनुसार कैद भुक्तानीका लागि क्षेत्रिय कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

 जिल्ला अदालत सुनसरीको २०८१ भदौं २५ गतेको फैसलाले ज्यान सम्बन्धि मुद्धामा यादवलाई २४ बर्ष ८ महिना १५ दिन कैद सजाय तोकेको थियो ।