इटहरीः जलवायु परिवर्तनको चुलिंदो असरलाई ध्यानमा राखी नेकपा एमाले  इटहरी उपमहानगर कमिटीले इटहरीमा सप्ताहव्यापी वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सोमबार एमालेले   इटहरी वडा नम्बर १० वाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।  सो  कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू, महिला संघका सदस्यहरू, युवाहरू तथा सर्वसाधारण नागरिकहरूको उलेख्य सहभागीता रहेको थियो । 

a698c98f-50b1-4d4c-9d15-fa88c223ea56

पार्टी अब भाषण र छलफलमा मात्र सीमित नरही जनतासँग  प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने मार्गमा अघि बढिरहेको जानकारी बृक्षारोप कार्यक्रममा सहभागी एमाले इटहरी उपमहानगर अध्यक्ष रूपेश बस्नेतले दिए ।  उनले जलवायु सन्तुलन राख्नका लागि वृक्षारोपणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता मानव तथा जगतकै कल्याण गर्ने खालका सामाजिक कार्यहरुलाई अभियानकै रुपमा पार्टीले अगाडि बढाउँदै जाने बताए । बृक्षारोपणसँगै पार्टीले अन्य सामाजिक अभियानका कार्यहरुलाई पनि प्राथमिकतामा राखेको बस्नेतले बताए ।  

3e6449e3-8075-4291-9161-1353cc5fba20

नेकपा एमाले  इटहरी इन्चार्ज कोशी प्रदेश सदस्य प्रमोद शेर्पाले पार्टी चुनावको वेला मात्र नभई जनताको समस्या, प्रकृति संरक्षण जस्ता सामाजिक कार्यमा पनि निरन्तर सक्रिय हुनु पर्नेमा जोड दिए । 

बृक्षारोपण कार्यक्रममा स्थानीय महिला नेतृहरू, युवाहरू, स्थानीय समाजसेवीहरूको समेत सहभागी थिए ।  सो क्रममा सहभागीहरूले विभिन्न प्रजातीका बिरुवाहरू रोपेका छन्  । रोपिएका विरुवाले भविष्यमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको एमाले इटहरी नगरकमिटी कार्यालयका कार्यालय सचिव सुनिल कार्कीले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन वडा नं १० को वडाअध्यक्ष, स्थानीय टोल विकास संस्था, विद्यार्थीहरू र स्वयंसेवकहरूको महत्वपूर्ण भूमिका रहेको कार्कीले बताए ।

2044997d-26ac-4644-94ee-3c4316637e25

76e100b3-2d86-410e-9dc5-825752c28934

279f0b36-2c44-4771-acfb-d6e3b2d285a1

c0067429-1715-4387-95a5-44b82922831b