इटहरीः नेपाली समाजलाई सुहाँउदो यर्थाथमा रहेर गीत संगीत सृजनामा लागेकी इटहरी निवासी सुमधुर स्वरकी धनी सुनिता कटवालले नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसर पारेर यर्थाथपरक तीज गीत सार्वजनिक गरेकी छन् ।
सुनिता कटवाल नामक आफ्नै यूटुब च्यानल मार्फत उनले लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरेकी हुन् उक्त गीतले परम्परागत तीज संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको छ । निसाद संगीत पाठशाला समेत सञ्चाल गर्दै आएकी उनको गीतमा बनेको म्यूजिक भिडियो पनि उत्कृष्ट छ ।
सो तीज गीतको शब्द÷संगीत बिष्णु भट्टले तयार गरेका हुन् । देबेश राईले गीतलाई राम्रो एरेन्ज , मिक्सिङ÷मास्टरिङ गरेर न्याय दिएका छन् । योगेश मुकुरुङ राईले ‘सेवा रेकर्डिङ’ स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् ।
गीतलाई आकर्षक भिडियो बनाउनका लागि कोरियोग्राफी तथा निर्देशन विशाल कैनीले निर्देशनको भूमिका निर्वाह गरेका छन्।
भिडियोको छायांकन महेश महराले गरेका छन् । भिडियोमा दीपा शाही र टेक बिसीको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ । भिडियोको उत्पादन शिरीष खड्काले गरेका हुन । गीतमा विशेषगरी तीजको रमाइलो माहोल, नारीहरूको दुख–सुख साटासाट गर्ने मेलोमेसो, परम्परागत नृत्य शैली र भावनात्मक पक्षलाई उजागर गर्न कोशिस गरेको गायिका कटवालले जानकारी दिइन् । उनले नयाँ तीज गीतबाट दर्शक श्रोताहरुको राम्रो पाउने आशा पनि राखेकी छन् ।
उनले आफ्नो यूटुब च्यानलमा रहेको तीज गीतलाई बिभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेर सहयोग गरी हौसला प्रदान गर्न आम दर्शक श्रोतामा आग्रह समेत गरेकी छन् । उनले टिकटक चलाउने संगीतप्रेमी भगवान रुपी दर्शकहरुलाई आ आफ्नो टिकटक एकाउन्ट मार्फत नयाँ तीज गीतको भिडियो बनाएर प्रचार प्रसारका लागि सकेको सहयोग गर्न बिषेश अनुरोध समेत गरेकी छन् । केही महिना अघि गायिका कटवालले युवापुस्ताका लागि निर्कै आकर्षक डान्सिङ गीत निर्माण गरेकी थिइन् । सो गीत समेत उनको यूटुब च्यानलमा हेर्न सकिन्छ । यो समाचार तयार पर्दासम्म उनको तीज गीतलाई २० हजारबढी दर्शकले मन पराईसेका छन् ।