काठमाडौंः गायिका सरिता भारती पछिल्लो पुस्ताका व्यस्तगायिका हुन् । यसै क्रममा गायिका सरिता भारतीले कृष्ण जन्म अस्टमीको अवसर पारेर ‘राधा’को भेषमा फोटो सुट गरेकी छिन् । यस अघि पनि शिबरात्रीमा शीबको अवतारमा उनी तस्बिरमा प्रस्तुत भइसकेकी थिईन् ।
यसपटक उनी भगवान कृष्णको प्रेमिका राधाको अवतारमा तस्बिरमा प्रस्तुत भएकी हुन् । कृष्ण जन्म अस्टमीको अवसर पारेर सबैलाई शुभकामना सहित आफू यो अवतारमा तस्बिरमा प्रस्तुत भएको सरिताले बताईन् । चेली मेकअप स्टुडियोका सिनियर मेकअप आर्टिष्ट बिना रानामगरले सरितालाई राधाको सृँगारमा उतारेकी हुन् । किर्तीपुरको बागभैरव मन्दिर परिसरमा फोटो पत्रकार बद्री थापाले सरिताको राधा भेषलाई तस्बिरमा कैद गरेका हुन् ।
बिगत एक दशकदेखि गायनमा सक्रिय सरिताले गत साता मात्र आफ्नै एसबी क्रियसन नेपाल युट्युव च्यानलबाट नयाँ तीज भाकाको गीत ‘नाच्न दे’ बजारमा ल्याईन् । ओम सुनारको संगीत रहेको यो गीत अहिले चर्चामा छ । आफ्नो स्वरमा करिब दुई दर्जन गीतहरु बजारमा ल्याईसकेकी सरिताको यही ११ भदौमा झरी सम्बन्धि नयाँ लोक गीत बजारमा आउँदैछ ।
अग्रज गीतकार डब्बु क्षत्रीको शब्द र ओम सुनारको संगीतमा झरी सम्बन्धि यो लोक गीत बजारमा आउन लागेको उनले जानकारी गराईन् । यो लोक गीतलाई पुरुष संस्करणमा कोरियोग्राफर तथा गायक कृष्ण रसालले गाउँदैछन् । यतिबेला अरु नयाँ दुई वटा गीत रेकर्डको तयारीमा रहेकी सरिताले तीजको अवसरमा यही १ भदौ आयोजना हुने तीज क्विन विशेष कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिदैछिन् । यो सहित अरु आधा दर्जन सांगीतिक कार्यक्रम यो तीजमा तय भएको उनले जानकारी गराईन् ।
tl:a/ M ab|L yfkf
;+[uf/ M ljgf /fgfdu/