सुनसरी । इटहरीमा यौन विकृति फैलाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । बिहीबार राती इटहरीको मुख्य चौक आसपासमा यौन विकृति फैलाउने कार्यमा संलग्न इटहरी १ की २२ वर्षीया सरिता माझी पक्राउ परेकी हुन । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार युवतीले इटहरीको मुख्य चौक आसपासमा बसेर यात्रुहरूलाई यौन प्रस्ताव राख्ने गरेको गुनासो आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेकी युवतीलाई अभद्र मुद्दामा ५ दिनको म्याद थप गरिएको जनाइएको छ ।