इटहरीः आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट कोशी प्रदेश सभा सदस्य एव्म निर्वतमान आन्तरिक मामिला तथा कानून  मन्त्री रेवतीरमण भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

निकै लामो रस्साकस्सीपछि इटहरी निवासी भण्डारीलाई एमालेले सुनसरी २ मा टिकट दिएको हो । यो क्षेत्रबाट टिकटका लागि धेरै जनाले आंकाक्षा राखेका थिए । सोही अनुसार पार्टीको जिल्ला र प्रदेशले केन्द्रमा नामहरु सिफारिस गरेको थियो । रामधुनी निवासी नन्द बस्नेतलाई टिकट दिने निश्चित प्रायः भएको थियो । उनले स्वास्थ्यको कारण देखाई युवा बौद्धिक नेता डेगराज फुयाँललाई अघि सारिएको थियो । उनलाई रोक्न एमालको ठूलो खेमा नै लागेको थियो । २ नम्बर क्षेत्रबाट उम्मेदवारका आंकाक्षी धेरै हुनुका साथै कसलाई टिकट दिने भन्ने बिषयमा लामो विवाद भएपछि एमालेको केन्द्रिय कमिटिको बैंठकले उम्मेदवारको निधो गर्न अध्यक्ष केपी शर्मा ओलीलाई नै सुम्पेको थियो । 

Rewati-Bhandari.jpg

अन्तिममा आइतबार ओलीले भण्डारीलाई कोशी प्रदेशसभा सदस्यबाट राजीनामा गराई २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २ नम्बर क्षेत्रबाट टिकट दिलाएका हुन् । भण्डारी संविधानसभा निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित संविधानसधा सदस्य समेत हुन् । उनी इटहरी नगरपालिका स्थापना कालका उपमेयर समेत हुन् । केही साताअघि मात्र कोशी प्रदेश सरकारको मन्त्री परिषद पुर्नः गठनमा उनी आन्तरिक मामिला मन्त्रीबाट आउट भएका थिए । इटहरी घरबाटै मन्त्रालय धाउने भण्डारी घरभाडा वापत मासिक रुपमा मन्त्रालयबाट रकम लिने गरेको घटना सार्वजनिक भएपछि विवादमा समेत तानिएका थिए । 

सुनसरी २ बाट युवा नेताहरुको उम्मेदवार बन्ने युवा नेताहरुको इच्छा शक्ति ,क्षमता र इमान्दारिता भएपनि उनीहरुलाई आउट गरि पटक पटक सोही क्षेत्रबाट उम्मेदवार बनि लाभ लिईसकेका भण्डारीलाई फेरीपनि टिकट दिलाएपछि एमाले सुनसरीका युवा नेताहरुमा व्यापक असन्तुष्टि समेत बढेको बुझिएको छ । भण्डारीकै कारण जिल्लामा पार्टीको अवस्था कमजोर भएका धेरै नजिरहरु रहेतापनि पार्टीको केन्द्रिय कमिटिले त्यसलाई ध्यान नै नदिई उम्मेदवार छनौट गरेको युवा नेताहरुको भनाई छ । 

WhatsApp Image 2026-01-19 at 08.30.52

पार्टीभित्रको आन्तरिक विवाद, इटहरी उपमहानगरपालिकाका निर्वतमान मेयर द्धारिकलाल चौधरीलाई पार्टीले गरेको कारवाही, भण्डारीले कोशी प्रदेशको आन्तरिक मामिला मन्त्री हुँदा गरेको व्यवहार, बजेट कटौती र आफु अनुकुल विनियोजनले इटहरीका धेरै एमालेजनहरु उनीसँग रुष्ट भएका छन् । जसकारण उनलाई यसपटक निर्वाचन जित्न निकै नै मुस्किल रहेको एमालेवृत्तमै चर्चा शुरु भईसकेको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुनसरीका निर्वतमान अध्यक्ष उज्वल सिग्देलले आफ्नो आधिकारीक फेसबुक पेंजमा स्टाटस लेख्दै भण्डारीले पटक पटक लाभ लिइसकेकाले उनलाई पुनः टिकट दिएर पार्टीले गल्ती गरेको जनाएका छन् । उनले भण्डारीको उम्मेदवारी प्रति असन्तुष्टि जनाउँदै पार्टीले आफ्नो निर्णयमा पुनः बिचार गर्न जरुरी रहेको तर्क राखेका छन् । 

त्यती मात्रै होइन, देशभरी नै बलियो बन्दै गएको रास्वपा, नेपाली कांग्रेस, उज्यालो पार्टी, श्रम सँस्कृति पार्टी उनका लागि भारी पर्न सक्ने अनुमानहरु समेत लगाउन थालिएको छ ।