इटहरीः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिएका छन् ।
झापा–५ मा बालेनसँग ४९ हजार ६१४ मतले पराजित भए लगत्तै ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई तथा शुभकामना दिएका हुन् ।

झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याएका हुन् । ओलीलाई साहले ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् ।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि तबला उपहार दिएको तस्बिर साझा गर्दै ओलीले शुभकामना दिएका हुन् ।




















