फिदिमः तमोर कोरिडोर अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवाखोलाको डाइभर्सन बगेपछि गत जेठ ५ गतेदेखि आवागमन ठप्प छ ।
पाँचथरकै फिदिमदेखि नाङ्गिन, याङ्नाम, सिदिन प्राङ्वुङ हुँदै नेपाल–भारत सीमावर्ती फालौटलाई जोड्ने फिदिम सडक अन्तर्गत फालेलुङ–६ र ५ लाई सिमाना छुट्याएर बग्ने मुवाखोलाको डाइभर्सन बगेपछि यो बाटो पनि असार २३ गतेदेखि अवरुद्ध छ ।
मध्यपहाडी राजमार्गको उद्गमस्थल चिवाभन्ज्याङ, च्याङथापु हु‘दै थर्पु जोड्ने दोभानेखोलामा बाढीले बगाएको पुल निर्माणमा ढिलाइसँगै त्यहाँ निर्मित अस्थायी डाइभर्सनसमेत बग्दा जेठ ८ गतेदेखि नै सवारी र ढुवानीका साधन सञ्चालन हुन सकेका छैनन् ।
फिदिमदेखि फालेलुङ गाउँपालिका केन्द्र थकेपुङ जाने सडकमा पर्ने सिदिन र मेमेङ जोड्ने घुमाउनेटारमा पनि पुल नबन्दा डाइभर्सनको भरमा सवारी र ढुवानीका साधन आउजाउ गरिरहेकोमा गत जेठ दोस्रो साता त्यहाँको डाइभर्सनमा बाढीले क्षति पु¥याएपछि चारचक्के साधन आउजाउ गर्न सकिरहेका छैनन् ।
डाइभर्सनको भरमा आउजाउ भइरहेका खोलानालामा निर्मित पक्की पुल २०८० साल असार २ गतेको बाढीले बगाएको थियो ।
पहाडी जिल्ला पाँचथरका प्रायः खोलामा ह्युम पाइपमार्फत पानी तर्काएर माथि ढुङ्गा बिछ्याउँदै गाडी तर्ने ट्र्याक निकालिएको छ । ठुलो पानी पर्नासाथ यी डाइभर्सनमा लगाइएका ह्युम पाइप बग्ने समस्याका कारण पटक पटक सडक अवरुद्व हुँदै आएको छ ।
मेची राजमार्ग र तमोर कोरिडोरमा पर्ने हेवाखोला तर्दै पॉचथरको हिलिहाङ, याङवाराक हु‘दै ताप्लेजुङसम्मका मानिस आउजाउ गर्छन् । यी क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने बाटो पनि यही हो ।
मुवाखोलाले जिल्लाको सदरमुकाम फिदिमसहित फिदिमकै १०, ११ र १२ लाई फालेलुङ गाउ‘पालिकासम्म सडक सञ्जालमा जोडेको छ । उता दोभाने खोलाले याङवाराक गाउ‘पालिका–१ र २ स‘गै ताप्लेजुङको सिदिङ्वा गाउ‘पालिका–१ र २ लाई जोड्छ ।
यत्तिका भूगोलमा बसोबास गर्दै नागरिकले उपभोग गर्दै आए आधा दर्जनभन्दा बढी पुल खोलानालाबाट डाइभर्सनको भरमा सवारी र ढुवानी आउजाउ भइरहे पनि पक्की पुल बनाउन ध्यान नदिएको स्थानीय सरकारको गुनासो छ ।
दोभाने खोलामा पुल बनाउने क्षेत्राधिकार सङ्घीय सरकारको हो । यीबाहेक फेमे, मुवा, घुमाउनेटारलगायतका खोलामा भने पुल बनाउने दायित्व कोशी प्रदेश सरकारको हो । बर्सात अघि नै पुल बगाएका सबै ठाउँमा बेलिब्रिज हाल्न प्रदेशका मन्त्री, सांसद् र भौतिक पूर्वाधार मन्त्रालयस‘ग अनुरोध गरे पनि प्रक्रिया अगाडि नबढेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले बताउछन् ।
फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ भन्छन्, “बाढीले पुल बगाएको यति समय बितिसक्यो, अझै डाइभर्सनको विकल्प खोजिएन यो बर्खामा झनै जोखिम निम्तिने देखिन्छ । समस्या समाधानका लागि जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र सङ्घीय सरकारका निकायलाई घचघच्याइरहेका छौँ, सुनुवाइ भएको छैन ।”
बाढीले पुल बगाएका अधिकांश खोलामा बनाइएका डाइभर्सनमा दुईतर्फी गाडी तर्ने अवस्था छैन, ठुला सवारी र ढुवानीका साधन मुस्किलले मात्रै गुडिरहेका छन्, हेवाखोला वारिपारि अस्थायी रूपमा खनिएका सडकको गोलाइ नपुग्दा सवारी पास हुन नसकेर घन्टौँ जाम हुने गरेको छ । ट्रकचालक सुशान्त गुरुङले भने, “डाइभर्सनको विकल्प पनि नखोज्ने र वारिपारिका सडक स्तरोन्ति पनि नगर्ने हो भने यहॉ ठुलठुला दुर्घटना हुने निश्चित छ ।”
बाढीले पुल बगाएका पहाडका खोलानालामा पुल बनाउन स्थानीय तहका जनप्रतिनिधिले पटक पटक सङ्घीय र प्रदेश सरकारका मन्त्री र मन्त्रालयका सचिवलाई बिन्ति बिसाउँदै आएका छन् ।
सङ्घीय र प्रदेश सरकारका सांसद, मन्त्री र सचिवको आकाङ्क्षा र तालमेल नमिल्दा, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सङ्घीय सरकारका जिम्मेवार मन्त्रीले मतलब नगर्दा समस्या समाधान हुन नसकेको नागरिक अगुवा सूर्यकुमार निरौलाको टिप्पणी छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।




















