विराटनगरः झापा, मोरङ र ताप्लेजुङबाट विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानुन कार्यान्वयन गर्दै नागरिकलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्ने उद्देश्यले परिचालित प्रहरी टोलीले भदौ २९ गते झापाबाट दुई जना, मोरङबाट छ जना र ताप्लेजुङबाट दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीबाट २१ वर्ष ७ महिना कैद सजाय तथा ४९ हजार रुपैयाँ जरिवाना असुलउपर भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।




















