इटहरीः सुनसरीमा लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार  शनिवार बिहानका राती करिब ३ बजे सुनसरीको इनरुवा नगरपालिका–१०, जल्लापुर चौराही टोलस्थित क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका–०५ निवासी ३० वर्षीय रामबहादुर यादवले चलाएको प्रदेश १–०२–००१ च २७९ नम्बरको टाटा पिकअप गाडीबाट गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको हो।

WhatsApp Image 2026-09-19 at 12.06.18

प्रहरीले उक्त गाडीमा लोड गरिएको १४५.७९ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ तथा पिकअप गाडीसहित यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।