विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
असोज ६ गते विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले प्रदेश १ -०२ -०५५ प ४६६ नम्बरको स्कुटरमा सवार धरान १२ का सुनिल क्षेत्री र धरान १९ का रुदिन भूजेललाई चेकजाँच गर्ने क्रममा सुनिल क्षेत्रीले मलद्वारमा लुकाई राखेको ब्राउन सुगर ५ ग्राम २८० मिलिग्राम बरामद गरेको थियो ।
प्रतिवन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसंगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।




















