इटहरीः रसुवाको भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार(जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण कार्य सम्पन्न गरी सरकारले आवतजावत पूर्णरूपमा सूचारु गरेको छ।


बाढीबाट क्षतिग्रस्त उक्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गरी आज जाली राख्ने कार्य पूरा भएसँगै पुल सञ्चालनमा ल्याइएको हो।


पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा पुल पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रताका साथ अघि बढाएको छ। सरकारको तीव्र पहलकदमीका कारण धादिङ, नुवाकोट र गोरखामा पर्ने अन्य १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ। 

WhatsApp Image 2026-09-23 at 17.31.59


जसमा कालिकास्थान, मालिङ्गा(मझुवाटार दोभान, महेशदोभान, केउरेनी(गहते, चिरौंदी खोला, शीतलबजार(क्युरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल समावेश छन्। अबको एक हप्ताभित्र ती पुलहरू पनि सञ्चालनमा आइसक्नेछन्।


यसैगरी, बाढीबाट क्षति पुगेका थप ७ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ। त्यसका लागि स्टिल पार्ट्स व्यवस्थापनतर्फ पहिलो चरणको खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरण खरिदका लागि सम्झौता भइसकेको छ।


त्यस्तै, बाढीबाट पूर्ण क्षति भएका ३३ वटा झोलुङ्गे पुलको नयाँ रूपमा पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम तयारीमा पुगेको छ।