इटहरीः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिर्तामोडको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन परिणाम सार्वजनिक भएको छ।

संस्थाको निर्वाचन समितिले २०८३ असोज १० गते सम्पन्न निर्वाचनको मतगणनाबाट विभिन्न पदमा निर्वाचित उम्मेदवारको नाम सार्वजनिक गरेको हो। सार्वजनिक परिणामअनुसार अध्यक्ष पदमा छविलाल खतिवडा २१ हजार ९५४ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी उपेन्द्र प्रसाद ओलीले ७ हजार ३९७ र भरत कुमार गिरीले ४ हजार २६३ मत प्राप्त गरेका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल निर्वाचित भएका छन्। उनले १८ हजार २३२ मत प्राप्त गर्दा टंकनाथ खनाल (टंक) ले ४ हजार ७९९, हेमराज गिरीले ४ हजार ५४ र झानुनाथ मैपालीले ५ हजार ६२७ मत प्राप्त गरेका छन्।

WhatsApp Image 2026-09-27 at 15.38.59

महिला उपाध्यक्षमा पार्वता भारती गिरी २० हजार ८१ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उक्त पदका अन्य उम्मेदवार खीन माया बस्नेतले ५ हजार ५१०, गुञ्जेश्वरी बुढाथोकीले ३ हजार ५८६ र सुश्री हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी कोषाध्यक्ष पदमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भिमबहादुर गिरीले ७ हजार ४३३ र भोला घितालले ६ हजार २४२ मत प्राप्त गरेका छन्।

खुला सदस्यमा पाँच जना निर्वाचित

सञ्चालक समितिको खुला सदस्यतर्फ नारायणप्रसाद गिरी, मदनराज कटुवाल र रमेश सेडाईसहित पाँच जना निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार खुला सदस्यतर्फ नारायणप्रसाद गिरीले ११ हजार ९१६, मदनराज कटुवालले १२ हजार ८२७ र रमेश सेडाईले ९ हजार ४२५ मत प्राप्त गरी निर्वाचित भएका छन्।

त्यस्तै अन्य उम्मेदवारहरूमा गोविन्द कार्कीले ६ हजार ८३६, तीर्थराज सिग्देलले ५ हजार ७३७, देवीप्रसाद खरेलले ५ हजार ३३६, पदम गिरीले ३ हजार ५३५, प्रेमप्रसाद अधिकारीले ४ हजार ४३२, भगीरथ लुइँटेलले ३ हजार ३१९, भूपेन्द्रकुमार साहले ४ हजार १३५ र रमेश काफ्लेले ३ हजार २६४ मत प्राप्त गरेका छन्।

dija 1

निर्वाचन परिणामअनुसार महिला सदस्यतर्फ राधिका चुडाल (हुमागाईँ) १२ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएकी छन्। त्यस्तै शिखा खड्का १३ हजार ४५ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।

त्यसैगरी लेखा सुपरिवेक्षण संयोजकतर्फ डम्बरबहादुर देउजा ११ हजार ५७० मत प्राप्त गरी निर्वाचित भएका छन्।

लेखा सुपरिवेक्षण समिति सदस्यतर्फ कविता घिमिरे १७ हजार ३२७ मत र सुनिल कार्की १५ हजार ४८८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ।

सार्वजनिक मतपरिणामअनुसार कुल गणना भएको मतसंख्या ३७ हजार ६६६ रहेको छ भने बदर मत १ हजार २१५ रहेको छ।

222222

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणमा खुला सदस्य तथा महिला सदस्यतर्फका अन्य उम्मेदवारहरूले प्राप्त गरेको मतसमेत उल्लेख गरिएको छ। परिणामपत्रमा रामप्रसाद अधिकारी, लालबहादुर गिरी, शंकरप्रसाद रिजाल, सीताराम न्यौपाने, सुजन खरेल, तारा भट्टराई, प्रमिला तिम्सिना, रेनुका उप्रेती मैनाली, सुनिता ओली र हिमा देवी प्रसाईँलगायत उम्मेदवारहरूको मत विवरण समावेश छ।

निर्वाचन समितिले मतगणनाबाट प्राप्त परिणामका आधारमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गरेको जनाएको छ। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय बिर्तामोड, झापामा रहेको छ।